गत साता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामका कोरोना संक्रमितको ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी ’ विधिबाट उपचार गरी अध्ययन गर्न तीनवटा निजी सहित १२ वटा अस्पताललाई स्वीकृति दियो। एक ६० बर्षिय बिरामीलाई यो विधिले स्वास्थ सुधार भएको दोस्रो दिन परिषदले यो स्वीकृती दिएको थियो। बिश्वमा यो उपचार पद्धतीको प्रभावकारिताबारे अध्ययन अनुसन्धान भैरहेका र ठोस नतिजा आउन बाँकी रहेको अवश्थामा यो बिधिलाई लिएर ‘अतिरन्जित’ र ‘अत्यधिक आशावाद’ बाट जोगाउनु पर्ने संम्बन्धित विज्ञको राय छ। बिगत केही दिनयता सामाजिक संजालमा समेत यो विषयले उत्तीकै चर्चा पाएको छ।
अमेरिका भर्जिनिया राज्यको एक अस्पतालमा कार्यरत नेपाली डाक्टर युवराज सेढाईले मंगलबार एक ट्वीटमा भनेकाछन, ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरक्षा र निश्चितता (से्फ्टी एण्ड र एफिकेसी) का हिसाबले प्रारम्भीक चरणमा छन् । रयन्डमाईज्ड ट्रयाल क्षिण र अपूर्ण छन्। तथ्यलाई बंग्याएर हावाको बिउमा हल्लाको हांगो हाल्नु गलत। ’
डा सेढाईको ट्वीटको प्रतिउत्तरमा बिर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सौगात पौड्याल थप्छन, ‘अनि यो गर्न लागिएको ट्रायलले दिने उत्तर अरु देशको भन्दा भिन्न हुनेवाला छ भन्ने तर्क के नि ? संसारभर यस्को उपयोतिाको बारेमा अनुसन्धान हुदैछ, जस्को नतिजा अबको १–२ महिनामा आइपुग्नेछ। ट्रायलको नाम दिएर पैसा खाने मेलो मात्र देखे मैलै त हाम्रौमा। ’
ह्याम्स अस्पतालका फिजिसियन तथा स्वास्थसेवा तथा जनस्वास्थसेवाका अनुसन्धानकर्ता डा किरन राज पाण्डे नेपालमा पहिलो पटक भएको यो उपचार विधि एक हिसाबले सकारात्मक रहेको तर यस्लाई लिएर ‘अतिरन्जना’ गर्न नहुने र अध्ययनका निष्कर्ष पर्खने धैयैता हुुनु पर्ने तर्क गर्छन।