फेरि लकडाउनको त्रास

रातोपाटी

काठमाडौंं

प्रयास श्रेष्ठ

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए ।

प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सरकार अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । कोभिड–१९ संक्रमणको रफ्तार तीव्र भइरहेको समयमा विज्ञहरुको सुझावअनुसार सरकारले फेरि पनि लकडाउन घोषणा गर्न सक्ने संकेत देखिएको हो । १२० दिन लामो लकडाउनका कारण व्यापार व्यवसायमा नराम्रो धक्का व्यहोरेका उद्योग, व्यवसायीहरु भने फेरि लकडाउन हुने हो कि भनेर झस्किन पुगेका छन् । व्यवसायीहरुमा कतै फेरि त्यस्तै कठिनपूर्ण समयको सामना गर्नुपर्ने होइन भन्ने चिन्ता देखिएको छ ।

प्रकाशित मिति: : 2020-08-05 12:29:22

प्रतिकृया दिनुहोस्