राष्ट्रिय गौरवको बुढीगण्डकीलगायत आयोजना अलपत्र पार्ने एजेन्टलाई लगानी बोर्डको सिइओ बनाउने तयारी

अलपत्र १३ आयोजना जसले सरकारको नजरमा सुशील भट्टको योग्यता बढायो

- राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना चिनियाँ कम्पनी सिजिजिसीले अलपत्र पा र्‍यो, १२ सय मेगावाटको यो आयोजना ढिला हुँदा हरेक वर्ष ६५ अर्ब क्षति, एजेन्ट– भट्ट दाजुभाइ । 

- ६० मेगावाटको त्रिशूली ३ ‘ए’लाई ९० मेगावाट पु र्‍याएर अनिश्चित बनाउने प्रयास, रेग्मी सरकारका पालामा निर्णय उल्टाए पनि सर्वत्र विरोधपछि फिर्ता, चिनियाँ कम्पनीका एजेन्ट– भट्ट दाजुभाइ ।

- ४२.५ मेगावाटको स्याञ्जेनमा धोका दिएका कारण चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी) लाई कालोसूचीमा राख्न सिफारिस, तीन करोड २० लाख जफत, एजेन्ट– भट्ट दाजुभाइ । 

- सोलु करिडोर १३२ केभी प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी जागुयारले  नपाएपछि तत्कालीन ऊर्जामन्त्रीलाई अख्तियार लगाए, एजेन्ट– भट्ट दाजुभाइ । 

- काबेली करिडोर प्रसारण लाइनमा ढिलाइ, एजेन्ट– भट्ट दाजुभाइ ।

- भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का नै तोडियो, ३० करोड जफत, एजेन्ट– भट्ट दाजुभाइ ।

- हेटौँडा, ढल्केबर र इनरुवामा बनाउन लागिएको २२० केभी सबस्टेसन बनाउन ठेक्का पाएको चाइना पावर ग्रिड (सिसिपिजी)ले अलपत्र पारेपछि ठेक्का रद्द, एजेन्ट– भट्ट दाजुभाइ ।

- मस्र्याङ्दी करिडोर प्रसारण लाइनको ठेक्का चिनियाँ कम्पनी सेन्जेन फराद इलेक्ट्रिकले पायो, तर सम्झौता गर्न आएन । यो कम्पनीको एजेन्ट– भट्ट दाजुभाइ । 

- ७५ प्रतिशत समय बित्दा पनि तामाकोसी–काठमाडौं प्रसारण लाइन सुरु भएन, यो सम्झौता पनि रद्द, करिब २० करोड जफत, एजेन्ट– भट्ट दाजुभाइ ।

- बाह्रबिसेमा निर्माणाधीन सबस्टेसनको काम पनि सन्तोषजनक नभएपछि ठेक्का तोडियो, एजेन्ट– भट्ट दाजुभाइ ।

- मातातीर्थमा बन्दै गरेको सबस्टेसनको काम छोडेर हिँडेपछि ठेक्का रद्द, एजेन्ट– भट्ट दाजुभाइ ।

- हेटौँडा–भरतपुर प्रसारण लाइनको निर्माण अलपत्र, सम्झौता रद्द, एजेन्ट– भट्ट दाजुभाइ ।

- १५ वर्षदेखि प्रहरीका ठूला ठेक्कामा भट्टको कब्जा । प्रहरीको मेगासिटी प्रोजेक्टअन्तर्गत मोरङ, सुनसरी र धनकुटाका प्रहरी कार्यालयमा डिजिटल सञ्चार सेट जडान गर्न ५५ करोडको ठेक्का, समयमै काम नसकिएपछि प्रहरीले रद्द गरेको ठेक्काको म्याद थप्न मन्त्रिपरिषद्बाटै नियमावली परिवर्तन । एजेन्ट– भट्ट दाजुभाइ ।

प्रकाशित मिति: : 2020-08-03 10:06:09

प्रतिकृया दिनुहोस्