कोरोना त्रास : लक-डाउन समाधान हैन, यी हुन सक्छन् अबको विकल्प

कोरोना महामारीका कारण देशैभर गत चैत ११ बाट घोषणा गरिएको लक-डाउन ४ महिनापछि साउन ७ गतेबाट हटाइएको थियो । लक-डाउन शुरू गर्दा देशैभर जम्मा २ जनामा संक्रमण देखिएको थियो भने लक-डाउन हटाउने निर्णय गरिसक्दा प्रतिदिन औसत ४ सयमा कोरोना संक्रमण भेटिएको अवस्था थियो । 

पूर्वतयारीविनै लक-डाउन हटाइएको भन्दै जनस्वास्थ्य विज्ञहरूले सरकारको आलोचना नगरेका होइनन् । तर लक-डाउन हटाएर जनजीवन सामान्यीकरणतर्फ लैजानुपर्ने माग पनि आमजनताको स्तरबाट उठिरहेको थियो। खोप नबनेसम्म कोरोनासँग 'लिभिङ टुगेदर'मै रहनुपर्ने हुनाले व्यक्तिगत तहबाट जनस्वास्थ्यको सबै मापदण्ड अपनाउनुपर्ने, मास्क स्यानिटाइजरको प्रयोग गरिरहनुपर्ने, सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने जस्ता विषयहरूमा सरकार, चिकित्सक, जनस्वास्थ्य विज्ञहरूले निरन्तर दिइरहने सुझावहरू हुन् । तर पनि पछिल्ला केही दिनमा देशैभर संक्रमणको संख्या उकालो लाग्दो अवस्थामा छ भने संक्रमणका कारण हुने मृत्युको आंकडा पनि बढिरहेको छ ।    

प्रकाशित मिति: : 2020-08-02 15:32:14

प्रतिकृया दिनुहोस्