सुनको भाउ तोलामै एक लाखकाे हाराहारी पुग्याे

फाइल तस्वीर

सुनको भाउ तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ। 

शुक्रबारकाे तुलनामा छापावाल सुनको मूल्य आज आइतबार ३ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो।

आज तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ रहेकाे छ। यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-08-02 12:00:47

प्रतिकृया दिनुहोस्