शनिबार, १२ जुलाई २०२५

साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा वृद्धि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-08-20 12:23:00
News Image
• • •

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुनको मूल्य ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको मूल्य भने ९० हजार ७०० सय रुपैयाँ रहेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार भने प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?