शनिबार, १२ जुलाई २०२५

सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2021-05-28 13:37:00
फाइल तस्वीर
• • •

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घटेको छ।

बिहीबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी बिहीबार तोलमा ९३ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुनको मूल्‍य आज प्रतितोल ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ।

पछिल्लो तीन दिनदेखि चाँदीको मूल्‍य भने स्थिर छ। चाँदीको मूल्‍य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?