६०० ले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ।

तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ। रु एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ। रासस

प्रकाशित मिति: : 2021-03-10 12:01:00

प्रतिकृया दिनुहोस्