सुन प्रकरणको रहस्य गहिरिँदै : प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन बागबजारमा भेटियो

सविन ढकाल

काठमाडौं

कमलादी सुन प्रकरण झनै रहस्यमय बन्दै गएको छ। एकाएक प्रहरीले थप एक किलो सुन बरामद गरेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको हो। प्रहरीले बरामद गरेको सुन सक्कली वा नक्कली भएको भन्ने खुलिसकेको छैन।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लुकाइ राखेको अवस्थामा एक केजी सुन फेला पारेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले महानगरीय प्रहरी वृत्त दरबामार्गमा कार्यरत एक घुमुवा प्रहरीले लुकाउन राखेको अवस्थामा आफन्तको घरबाट सुन फेला परेको हो। सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले लुकाउन लगाएको खुलेको छ।

प्रकाशित मिति: : 2020-07-31 12:30:43

प्रतिकृया दिनुहोस्