काजीमान चेपाङ भन्छन्- बर्खापछि घर सर्छौं भन्दा पनि धर दिएनन्

राजेश घिमिरे

चितवनको माडीस्थित चेपाङ बस्तीमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

माडी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुसुम खोलामा रहेको बस्तीमा असार ३ गते शनिबार निकुञ्जको टोली ७ हात्तीसहित पुगेको थियो। उक्त टोलीले त्यहाँका खेत र पाखामा लगाइएको बाली नष्ट गर्नुका साथै त्यहाँ रहेका घर, गोठ तथा बाली हेर्न बनाइएका मचानहरू भत्काइदियो। दुइटा घरमा आगो लगाइदियो।

कुसुम खोला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।

निकुञ्जले जलाएका घरहरू अहिले स्थायी बसोबास हुँदै आएका घर नभई बाली कुर्न बस्न मिल्ने घर हुन्। भत्काइएका कतिपय घरहरू भने वर्षौंदेखि बस्दै आएका पनि छन्।

प्रकाशित मिति: : 2020-07-28 12:54:10

प्रतिकृया दिनुहोस्