बाढीले बगायो रोपो, किसान भन्छन्– मलबिनै डुबेको धानमा कसरी लग्ला बाला ?

बाह्रखरी

जनकपुर

सुरेश यादव

मुलुक कृषि प्रधान । तराईको प्रमुख बाली धान । यतिबेला रोपाइँ सकेर गोडमेल गरी मल राख्नुपर्ने हो । तर, किसानले त्यस्तो गर्न पाइरहेका छैनन् । कोही मलको आशमा सरकारको मुख ताकेर बसेका छन् भने कोही अत्यधिक वर्षाले डुबानमा परी गलेको धान हेर्दै बस्न बध्य छन् । 

धान खेती गर्ने किसानको के हो समस्या ?
सामान्यतः धान खेती गर्ने किसानले वर्षाको समय आकलन गरी बीउको ब्याड लगाउँछन् । धनुषा, महोत्तरी र सिरहालगायत जिल्लाका किसानले यसअघिका वर्षहरूमा साउन महिनाभर रोपाइँ गर्थे । यस वर्ष पनि सोहीअनुरूप जेठ अन्तिम सातातिर ब्याड लगाएर तर, अन्य वर्षको तुलनामा यसपालि असार पहिलो सातादेखि नै वर्षा सुरु भयो । खेतमा पानी लागिसकेपछि हतार–हतार किसानले पूर्ण तयार नभएकै बीउ रोपे । 

प्रकाशित मिति: : 2020-07-28 11:46:45

प्रतिकृया दिनुहोस्