सन्तानको पहिचानका लागि एक दलित महिलाले गरेको न्यायिक संघर्ष : अदालतले न्याय दियो, तर सिडिओले नागरिकता दिएनन्

 

टाेपलाल अर्याल

गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक पिपलनेटाकी ३२ वर्षीया पार्वता पन्थी नेपाली(न्यायका लागि लडिरहेको भन्दै उनले नाम र तस्वीर नलुकाइदिन अनुरोध गरेकी छिन्)ले नागरिकता पाएकी छैनन् । आमाको नागरिकता नहुँदा १६ वर्षीय छोराको जन्मदर्ता नै हुन सकेको छैन । स्थानीय ममराज पन्थीले बिहे गर्ने आस देखाएर अलपत्र पारेर हिँडेपछि पार्वता १७ वर्षदेखि न्यायका लागि संघर्ष गरिरहेकी छिन् । समाजको हेला र गरिबीसँग संघर्ष गरेर बाँचिरहेकी उनलाई अदालतले न्याय दियो । तर, अदालतको फैसलाबमोजिम जिल्ला प्रशासन कार्यालयले अझैसम्म नागरिकता दिएको छैन । 

तत्कालीन माओवादी आन्दोलनबाट पार्वता पनि प्रभावित थिइन् । भर्खर १५ पुगेकी उनी माओवादीले गाउँमा गर्ने सांस्कृतिक गतिविधिमा संलग्न हुन्थिन् । त्यहीवेला गाउँकै ममराज पन्थीसँग चिनजान भयो । ममराज पार्वतासँग प्रेम दर्साउँथे । नजिकिन चाहन्थे । ०६० साउनको एक दिन बाख्रा चराउन गएकी पार्वतालाई ममराजले आफ्नो झुटो प्रेममा फसाए । गाउँकी लेखपढ नभएकी, गरिब, दलितकी छोरी पार्वतालाई ममराजले बिहे गर्ने वचन दिए । ममराज दिन बिराएर पार्वताको घरैमा पुग्न थाले । तर, जब उनी गर्भवती भइन्, ममराजले स्वीकार गरेनन् । एकाएक सम्पर्कविहीन भए । १ वैशाख ०६१ मा उनले छोरो जन्माइन् । बच्चा जन्मिएको पत्तो पाएपछि ममराज घर पुगे । चार दिनपछि आमाछोरालाई घर लैजाने आश्वासन दिए, खुसी भएको बहाना गरे र त्यतिन्जेल रेखदेख गरिदिन पार्वताको माइतीलाई आग्रह पनि गरे । तर, त्यसदिनदेखि उनी अहिलेसम्म पार्वताको जीवनमा आएका छैनन् । 

प्रकाशित मिति: : 2020-07-28 11:20:33

प्रतिकृया दिनुहोस्