नेपाली पर्यटन तथा होटल व्यवसाय ‘ गेट सेट, गो’ को अवस्थामा

रातोपाटी

काठमाडौँ

 

प्रयास श्रेष्ठ 

लामो समयको बन्दाबन्दीपछि नेपाली पर्यटन तथा होटल व्यवसायले पुनर्जीवन पाउँदैछ । सरकारले गत मंगलबारदेखि १२० दिन लामो लकडाउन तोड्दै निकट भविष्यमै पर्यटन, होटल तथा हवाई सेवा समेत खुल्ला गर्ने निर्णय गरेसँगै पर्यटन क्षेत्रले केही राहत महसुस गरेको छ ।

सोमबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले श्रावण १५ गतेदेखि सबै खाले होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ व्यवसायहरु खुल्ला गर्ने घोषणा गरेका थिए । त्यस्तै सरकारले भाद्र १ गतेदेखि नै लागू हुनेगरी लामो तथा छोटो दुरीका सार्वजनिक यातायात र हवाई सेवा समेत खुल्ला गर्ने निर्णय गरेको थियो । हवाई सेवातर्फ सरकारले भाद्र १ गतेदेखि लागू हुनेगरी आन्तरिक (डोमेष्टिक) र बाह्य(अन्तर्राष्ट्रिय) दुबै तर्फका व्यवसायिक उडानसमेत खुल्ला गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: : 2020-07-27 13:21:38

प्रतिकृया दिनुहोस्