गीतमा लफडा ! कलाकारलाई सधैँ तर्साएरै राख्ने ?

बाह्रखरी

काठमाडौं

घटना नं. १– गतवर्ष पशुपति शर्माको गीतमा ठूलै लफडा भयो । ‘लुट्न सके लुट कान्छा...’ गीतको बोल थियो । गीतको सारांश थियो– राजनीतिज्ञ तथा प्रशाकसकहरुले सक्दो देशको ढुकुटी लुटिरहेका छन् । र कहीँ नभएको यो छुट् नेपालमा मात्रै छ ।  गीतले राजनीतिज्ञको धज्जी उडाएको नेता तथा सांसदहरुले अर्थ लगाए । गीतले व्यवस्थापिका संसद्मा प्रवेश पायो । सांसदहरु पक्ष–विपक्षमा विभाजित भए । सत्तारुढ दलको भ्रातृ संस्थाहरुले पशुपतिलाई गीत युट्युबबाट तत्काल हटाउन धम्की दिए । 

उनका कार्यक्रम बहिष्कार गर्ने चेतावनी आयो । पशुपतिले फोन अफ गरेर बस्ने अवस्था मात्रै सिर्जना भएन युट्युबबाट गीत नै हटाउनु पर्‍यो । विद्यमान बेथितिविरुद्ध व्यङ्ग्य गरेको व्यङ्ग्यात्मक सिर्जनाको हत्या भयो ।

प्रकाशित मिति: : 2020-07-26 09:26:00

प्रतिकृया दिनुहोस्