नत्र नेकपालाई जनताले कहिल्यै माफी दिने छैनन्

देशसञ्चार

काठमाडौं

प्रधानमन्त्री केपी ओलीको पृष्ठभूमि तात्कालीन निरंकुश भनिएको पञ्चायती ब्यबस्थाको बिरुद्यमा उठेको झापा आन्दोलनबाट आएको थियो । पुष्पकमल दाहालको पृष्ठभूमि बहुदलीय प्रजातन्त्रको बिरुद्ध गरिएको सशस्त्र बिद्रोह थियो । तात्कालीन माले पार्टीका आन्दोलनकारीहरु उक्त आन्दोलनमा भएका हत्याका कारण लामो समयसम्म जेल सजाय भोगेर बाहिर आएका हुन् ।

प्रचण्डहरुले १७ हजार मानिस मर्दा पनि कुनै सजाय पाएनन् । मालेबाट पछि एमाले हुँदै पुराना गल्तीलाई सुधारेर प्रजातन्त्र र मानबअधिकारलाई अंगिकार गर्दै अघि बढेको एमाले पार्टीले उक्त आन्दोलन स्वदेशमै जनताका बिचमा बसेर आबधिक निर्बाचनबाट जनताबाट अनुमोदित भएको थियो । उता माओबादी प्रचण्डको एकल नेतृत्वमा लामो समयसम्म रहेको माओबादी नेताहरु भारतमा बसेर दिल्ली सरकारलाई रिझाएर नेपालका युवाहरुलाई द्वन्द्वमा लडाएका थिए। सुरुमा भ्रष्टाचार, कुशासन तथा सामाजिक कुरीतिबारे सुरु गरिए पनि आन्दोलनपछि त्यसतर्फ कुनै काम गरेनन् । कालान्तरमा भारतलगायत पश्चिमाको सल्लाह र सहयोगमा नयाँ एजेण्डा फसेपछि माओबादीले राष्ट्र र जनहितमा कुनै निर्णय गरेन ।

प्रकाशित मिति: : 2020-07-21 11:14:16

प्रतिकृया दिनुहोस्