साइकल चोरेरै भक्तपुरमा तीन तले घर !

राजेश भण्डारी

काठमाडाैं

काठमाडौँ । सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हिरासतमा छन् । बानेश्वर प्रहरी वृतको पार्किङमा महँगा साइकल देख्न सकिन्छ । सुरेश र ती साईकलबीच खास सम्बन्ध छ । ती साइकल सुरेशले चोरेर जम्मा गरेका हुन् । 

सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका असामान्य छ । लकडाउन शुरु भएपछि काठमाडौँ र भक्तपुरमा साइकल चोरी ह्वात्तै बढ्यो । अपराध महाशाखाको चोरी नियन्त्रण गर्ने शाखाका अनुसन्धान अधिकारी चोर पत्ता लगाउन लागि परे । चोरी भएका ठाउँका सिसीटिभी फुटेज जम्मा पारेर विश्लेषण गरे । 

सिसीटिभी फुटेजका आधारमा हुलिया पहिचान गरेर महाशाखाबाट खटिएको टोलीले थापागाउँबाट सुरेशलाई पक्राउ गर्यो । चोरीको साइकलमा घुमिरहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘लामो अनुसन्धानपछि साइकल चोरीमा संलग्न सुरेशलाई पक्राउ गरेका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले भने, ‘आरोपीले महँगो मूल्यका साइकल चोरेर वर्कशपमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’

प्रकाशित मिति: : 2020-07-19 11:06:37

प्रतिकृया दिनुहोस्