नेपाली जनता भड्काउने क्रियाकलाप गरिरहेका व्यक्ति भारतमा पक्राउ पर्दै

लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सा प्रकरणलाई लिएर राजनीतिक रूपमा नेपाल र भारतबीच यति बेला सम्बन्ध चिसिएको छ। 

अहिले अवस्था यस्तो छ, भारतमा नेपालविरूद्ध केही विषयमा चर्चा भयो भने नेपालमा नारा र जुलुस हुने र नेपालमा कुनै कुराको चर्चा भएको अवस्थामा भारतमा त्यसको प्रतिक्रिया हुने। 

भारतीय मिडियाले पनि नेपाल र नेपाली जनताविरूद्ध विषबमन गरिरहेका छन्। यतिबेला राजनीतिक रूपमा मात्र होइन, भारत र नेपालबीच सदियौंदेखि रहिआएको जनताबीचको सम्बन्ध पनि बिग्रिने अवस्थामा पुगेको छ। 

यो अवस्थाको मूल्यांकन गर्दै भारत सरकारले नेपाली जनभावनामा ठेस पुग्ने कुनै पनि क्रियाकलाप भारतमा नगर्न स्थानीय प्रशासन तथा मिडियाहरूलाई आग्रह गरेको छ। 

भारत सरकारले नेपालसँगको विवाद आधिकारीक रूपमा सरकारले मात्र प्रतिक्रिया जनाउने नीति लिएको छ र जनताबीचको सम्बन्ध खराब गर्ने तत्वहरूलाई तुरुन्त नियन्त्रणमा लिने र सोशल मिडियामा नेपाली जनतालाई उकास्ने खाल्को पोस्टहरू डिलिट गर्न लगाउन थालेको छ। 

सोशल मीडिया पर वायरल हो रहे आपत्तिजनक वीडियो के सम्बन्ध में थाना भेलूपुर पर पंजीकृत मु0अ0सं0 335/2020 धारा 505(2)/295 भादवि व धारा 67 आइटी एक्ट में गिरफ्तार अभियुक्त संतोष पाण्डेय के सम्बन्ध में एसएसपी वाराणसी@amitpathak09की बाईट@Uppolice @dgpup @adgzonevaranasi @IgRangevaranasi pic.twitter.com/2v4rg23B1n

— Varanasi Police (@varanasipolice) July 17, 2020

शुक्रबार मात्र प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्रमा एक नेपालीको कपाल मुण्डन गरेर नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध टाउकोमा अपशब्द लेख्दै नारा जुलुस गर्न लगाइएको थियो। 

यो घटनामा संलग्न व्यक्तिलाई उत्तर प्रदेशको प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको थियो। र, नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने यो पोस्टलाई तुरुन्त हटाउन निर्देशन दिइएको थियो। 

श्रोतका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतको जनताबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध बिथोल्न खोज्ने जो कोहीलाई कडा कार्यवाही गर्न आफ्नो मातहतका प्रशासनलाई निर्देशन दिएका छन्। 

यस्तै भारत सरकारले नेपालको वर्तमान सरकारविरूद्ध कुनै किसिमको प्रतिक्रिया नजनाउने नीति लिएको छ। नेपालको विषयमा अहिलेसम्म गरिएको प्रतिक्रियामा उल्टो असर परेको र दुबै देशका जनताबीचको भावनामा आघात पुगेका कारण भारतले ‘शान्त बस्ने’ नीति लिएको छ। 

वाराणासी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दीपक पाठक प्रकरणमा कपाल मुण्डन गर्ने र नेपाल र नेपाली प्रधानमन्त्रीविरूद्ध अपशब्द प्रयोग गर्ने सन्तोष पाण्डे नाम गरेका व्यक्तिलाई पक्राउ गरेको बताएको छ।

सन्तोष पाण्डेको मोबाइलबाट भिडियो खिचिएको थियो। यसअघि भारतीय मिडियामा नेपाल सम्बन्धि पोस्ट गरिएका समाचारहरू धमाधम हटाउने कामको सुरुवात भएको छ।

प्रकाशित मिति: : 2020-07-18 07:34:00

प्रतिकृया दिनुहोस्