विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पुनसहित दुईजना पक्राउ

विप्लव समूहका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन र उनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बाट बुधबार बिहान उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी मुकेश सिंहले जानकारी दिए।

पुन विप्लव समूहका पोलिट्ब्युरो सदस्य हुन् भने श्रीमती धामी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सेती महाकाली इन्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2020-07-15 11:46:25

प्रतिकृया दिनुहोस्