अफगानिस्तानका स्टार स्पिनर राशिद खानले विश्व कप जितेपछि मात्र बिहे गर्ने घोषणा गरेका छन्।
आफ्नो प्रभाशाली गुगलीका कारण विश्व क्रिकेटलाई चक्मा दिँदै आएका राशिदको तुलना पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीसँग हुन्छ। २१ वर्षका राशिदले अफगानिस्तानको आजादी रेडियोलाई अन्तर्वार्ता दिने क्रममा आफूले बिहेको योजना बनाइरहेको तर आफू अफगानिस्तानले विश्व कप जितेपछि मात्र बिहे गर्ने सोचमा रहेको बताए।
राशिद टि–२० मा विश्वको नम्बर एक बलर हुन्। राशिद गत मार्चमा आयरल्याण्डविरूद्ध टि–२० श्रृंखलामा देखिएका थिए।
राशिदको कप्तानीमा अफगानिस्तानले त्यो श्रृंखला जितेको थियो। उनले तीन खेलमा ५ विकेट लिएका थिए। उनले करिअरको ७ टेस्ट र ७ एकदिवसीय तथा ४८ टि–२० मा २ सय बढी विकेट लिएका छन्।
उनले आइपीएलको ४६ खेलमा ५५ विकेट लिएका छन्।