नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उनलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।

यसअघि तीस वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको थियो

प्रकाशित मिति: : 2020-07-09 10:49:20

प्रतिकृया दिनुहोस्