सिन्धुपाल्चोकका लागि उडेको सभामुख सवार हेलिकप्टर धुलिखेलबाटै फर्कियो

गएरातिदेखिको अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै २३ जना बेपत्ता छन् । जम्बुमा मात्रै १९ जना बेपत्ता छन् । खाँदखोल र जम्बुमा गरेर २३ जना बेपत्ता भएका हुन् । 

 बाढी र पहिरोमा परी मृत्यु हुनेमा बाबु छोरी छन्। जबमु निवासी निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको हो।

प्रकाशित मिति: : 2020-07-09 10:27:47

प्रतिकृया दिनुहोस्