लद्दाखदेखि टिकटकसम्म : भारतलाई सम्हालिनै सकस

थाहा खबर

काठमाडौँ

'भारतमा धेरै मानिसले टिकटककै कारण इन्टरनेट चलाउन जानेका छन्, टिकटकले इन्टरनेटलाई नै लोकतान्त्रिकरण गरेको छ।'

चीनसँगको तनावका कारण भारत सरकारले ५९ वटा मोबाइल एप्लिकेशनहरू बन्द गरेपछि टिकटक इन्डियाका प्रमुख निखिल गान्धीले बीबीसी हिन्दीलाई दिएको प्रतिक्रिया हो यो। गान्धी भन्छन्, 'भारतमा मात्रै टिकटक १४ भाषामा छ, लाखौं प्रयोगकर्ता छन्, प्रतिभा देखाउन नपाउनेहरूका लागि यो एक मञ्च नै बनेको छ।

चिनियाँ अखबार ग्लोबल टाइम्सका प्रधान सम्पादक हु चिजिनले ट्वीटरमा लेखेका छन्, 'चीनका नागरिकले त भारतका उत्पादन बहिष्कार गर्न खोजेपनि केही भेट्दैनन्, भारतीय मित्रहरू ! तपाइँहरूले राष्ट्रवाद भन्दा अगाडी सोच्नुपर्छ।'

कम्युनिष्ट शासन रहेको चीनले बनाएको मोबाइल एपले विश्वकै विशाल लोकतन्त्र भनिने भारतको इन्टरनेटलाई लोकतान्त्रिक गरेकोबारे झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ। तर टिकटकमा मानिसहरूले हदैसम्म स्वच्छन्द भएर अभिव्यक्ति र हाउभाउ दिएको त हामीले देखेकै छौं। पूर्वीय सभ्यता र मूल्य मान्यतामा टिकेको समाजले टिकटकमा नयाँ पुस्ताका कतिपय प्रस्तुतीलाई त पचाउनै सकिरहेको छैन। 
 

प्रकाशित मिति: : 2020-07-01 09:38:31

प्रतिकृया दिनुहोस्