बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानले पक्राउ पुर्जी जारी गरेको विषयमा अमेरिका मौन देखिएको छ।
यस बारेमा न राष्ट्रपति ट्रम्पले ट्विट गरेका छन् न ह्वाइट हाउसले नै केही बोलेको छ। मूलधारका दुई ठूला दलले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । न राष्ट्रपतिको दल रिपब्लिकनले यसको भत्सर्ना गरेको छ न उनको विरोधी दल डेमोक्रेटिकले नै आफ्नो पक्ष राखेको छ।
अमेरिकी सञ्चार माध्यम पनि मौन देखिएका छन्। राष्ट्रपति ट्रम्पका कट्टर आलोचक रहेका मूलधारका मिडियामा पनि यो समाचारले कुनै ठाउँ पाएको छैन। न उनको समर्थन गर्ने फक्स न्युजलगायतका मिडियाले नै यस समाचारलाई ठाउँ दिएका छन्।
अमेरिकाका राष्ट्रपतिलाई अर्को कुनै राष्ट्रले पक्राउ पुर्जी जारी गर्नु समाचारको महत्वको हिसाबले चानचुने विषय हुन सक्दैन। तैपनि किन मौन छन् अमेरिकी सञ्चार माध्यम ?
अमेरिकामा नजानिँदो किसिमले यस विषयलाई नजरअन्दाज गर्ने राष्ट्रिय सहमति बनेजस्तो देखिएको छ।
आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनको मुखमा यो विषयमाथि बोल्न जो कोहीलाई पनि सजिलो छैन । चुनावको मुखमा यो विषय भड्काउ हुन सक्छ र यही विषयले चुनावी अंकगणित नै बिगार्न पनि सक्छ।
स्मरणीय रहोस्, इरानले इराकको बग्दादमा भएको ड्रोन हमलामा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या आरोपमा ट्रम्पसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। फ्रान्सिसी समाचार संस्था एएफपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोललाई गुहारेका छन्। तर, यो समाचार तयार पारूञ्जेलसम्म इन्टरपोलले राष्ट्रपति ट्रम्पविरूद्ध रेडकर्नर नोटिस भने जारी गरेको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया