गोदावरीमा सरसफाइ

सामाजिक दूरी कायम गरी गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले त्यहाँका विभिन्न स्थानमा सरसफाइ गरेको छ। 

अभियानले आज गोदावरीखोला आसपासका क्षेत्र, कुलो, मठमन्दिर, पाटी आदिको सरसफाइ गरी ६९ हप्ताको कार्यक्रम सम्पन्न गरेको अभियानका संयोजक बेबीराज भण्डारीले जानकरी दिए। 

वडा नं १ दमाईटार, ३ नं टौखेल र १४ नं ठैव क्षेत्रमा सरसफाइ गरेका हौं' उनले भने, 'गोदावरीमा बाक्लो जनसङ्ख्या र घना बस्ती भएका कारण कुहिने फोहर गाडौँ र नकुहिने फोहर व्यवस्थापन गरौँ भन्ने सन्देश हामीले प्रवाह गर्ने गरेका छौं।'
 
गोदावरीको वातावरण सदैव प्रदूषरहित, हरभरा, स्वच्छ, सफा र सुन्दर बनाउने सो अभियानको लक्ष्य रहेको भण्डारीको भनाइ छ।  

गोदावरीमा पहिलो पटक सो अभियानको थालनी २०७५ साल फागुन २६ गतेदेखि शुरु भएको उनले जानकारी दिए।  'अभियानले गोदावरीका ११ स्थानमा हालसम्म सभ्य नागरिकको परिचय दिऔँ, ऐतिहासिक महत्व बोकेको गोदावरी खोलाको संरक्षण गरौँ, कुहिने र नकुहिने फोहर एकै स्थानमा नराखौँ र सार्वजनिक स्थानमा जथाभावी फोहर नफाकौँ आदि  सन्देश बोकेका जनचेतनामूलक सूचनापाटी राखिसकेको छ' उनले भने। 

प्रकाशित मिति: : 2020-06-27 17:18:34

प्रतिकृया दिनुहोस्