बिएल संवाददाता
मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ ।
आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ । सत्तारुढ दलको यो लगातार दोस्रो जित हो ।
सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मंगोलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो ।
बुधबार सम्पन्न उक्त निर्वाचनमा मंगोलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए । छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मंगोलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो ।
जनसंख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।
तैपनि मंगोलियामा २१९ जनामा कोरोना संक्रमण देखिएको थियो, र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया