बिएल संवाददाता
उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध ‘सैन्य आक्रमण’ गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ।
पछिल्ला केही हप्ता दुई कोरियाबिच तनाव बढिरहेको छ। दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबीच तनाव बढेकाे हाे ।
तनाव बढ्दै जाँदा सैन्य आक्रमणको योजनामा उत्तर कोरिया रहेको बताइएको थियो। तर उत्तर कोरियाले तत्कालका लागि सो योजना पाखा लगाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
सर्वोच्च नेता किम जोङ उनसहितको बैठकले सैन्य आक्रमण गर्ने योजना तत्कालका लागि स्थगित गर्ने निर्णय गरेकाे छ।
झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन्। र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी थिइन्।
सन् १९५० को कोरियाली युद्धले विभाजित भएयता उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमामा सैन्यरहित क्षेत्र कायम गरिएको छ। मंगलबार उत्तर कोरियाली सेनाले त्यही क्षेत्रमा सैनिक पठाउने एक्सन प्लानबारे अध्ययन भइरहेको जनाएको थियाे।
अहिले दक्षिणले सैन्य रहित क्षेत्रमा गुप्तचरहरुको उपस्थिति बाक्लाे बनाएका छन् राष्ट्रपति मुनले शान्तिको अपिल गरेका छन्।
सन् २०१८ मा राष्ट्रपति मुन जे-इन र किम जोङ उनबीच भएको सहमतिमा उत्तर कोरियाविरुद्धको पर्चालाई रोक्ने सहमति भएको थियो। सो सहमति उल्लंघन भएपछि उत्तर कोरिया क्रुद्ध रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया