भारतीय रक्षा मन्त्री राजनाथ सिंह रातारात मस्को

चीनसँग युद्धको स्थितिलाई लिएर तनावमा रहेको भारतका रक्षा मन्त्री राजनाथ सिंह सोमबार राती रुसको तीनदिने भ्रमणमा निस्किएका छन्। 

मंगलबार आज २४ जुनको दिन रुसले जर्मनीको नाजी सरकारविरूद्ध विजय पाएको ७५ औं वर्षगाढ मनाउने क्रममा आयोजना हुन लागेको ‘भिक्ट्र डे परेड’ मा भाग लिन राजनाथ मस्को उडेका हुन्। 

यो परेडमा समावेश हुन चिनियाँ रक्षा मन्त्री जर्नेल वेई फेङ पनि मस्को पुगेका छन्। तीनदिनको बसाईमा भारतीय रक्षा मन्त्रीले चिनियाँ समकक्षीसँग भेट्ने सम्भावना रहेको छ।

 गत १५ जुनमा चीनले पूर्वी लद्दाखको गलवान उपत्यकामा २० भारतीय सैनिकलाई मारेपछि दुई देशको सम्बन्ध सन् १९६२ को अवस्थामा पुगेको छ। १९६२ मा यी दुई देशबीच सीमा विवादलाई लिएर युद्ध भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-23 13:39:15

प्रतिकृया दिनुहोस्