नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनकाे न्यायको पक्षमा रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेकोले यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मञ्चका रुपमा रहेको बताइन्।
‘सगरमाथा संवाद’ शुक्रबारदेखि हुँदैछ।
उनले नेपाल जलवायु संकटको चरणमा रहेको र मौसमी घटनाका कारण विपतका जोखिमले देशलाई ठूलो क्षति गरिरहेको पनि बताइन्।
उनले राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक सर्वेक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताइन्।
उनले विगत पाँच वर्षमा जलवायु विपतबाट सहरी क्षेत्रमा २ खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको बताएकी छन्।
सांसद घर्तीले देशमा भएका हिमालहरू जलवायु परिवर्तनकै कारण काला चट्टानहरूमा परिवर्तन भएको र यसलाई न्युनीकरण गर्नुपर्ने बताइन्।