‘ग्राहक त आउँदैनन्, पसलमा हावा खेलोस् भनेर खोलेको हुँ’

लकडाउनपछि पोखराको व्यापार

कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गर्दा पोखरामा एक जना पनि संक्रमित थिएनन्।

लकडाउन सुरू भएको चैत ११ देखि नै पोखराका सडक शून्य भए। मानिसहरू घरबाहिर हेर्न पनि डराए।

लकडाउनका कारण विकास निर्माणमा असर परेको र मानिसको दैनिक जीवनमा समस्या चुलिएको भन्दै गण्डकी प्रदेशले वैशाख दोस्रो साता लकडाउन खुकुलो बनाउने निर्णय गर्‍यो।

साथै पोखरा महानगरले पनि विकास निर्माणका योजना कार्यान्वयनलाई निरन्तता दिने निर्णय गरेपछि पोखराका सडकमा त्यही बेलादेखि गाडी देखिन थाले।

 

प्रकाशित मिति: : 2020-06-21 06:02:00

प्रतिकृया दिनुहोस्