सोमबार, १५ डिसेम्बर २०२५

सेभिल्लासँग बार्सिलोनाको बराबरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ । 

शुक्रबार राति सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो।
 
बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ ।

दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ ।

रियलले आइतबार रियल सोसीडाडविरुद्ध जित हासिल गरे अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । 

सेभिल्ला ३० खेलमा ५२ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!