हेलो सरकार किन ?

महेन्द्र पौडेल

‘सर, मेरो स्कुलमा भ्रष्टाचार छ, स्कुलका कलिला नानीका लागि आएको खाजा खर्च, छात्रवृत्तिमा भ्रष्टाचार हुन्छ । स्थायी शिक्षक  भएर पनि प्रधानध्यापक हुन नपाइने तर दशकदेखि राहत शिक्षक शिक्षा नियमावलीविपरीत प्रधानाध्यापक भइरहने’ जस्ता गुनासा सम्बन्धित निकायमा गर्दागर्दै आजित भएर प्रदेश २ को बर्दिबास नगरपालिकाअन्तर्गत मित्रता आधारभूत स्कुलकी शिक्षिकाले हेलो सरकारलाई गुनासा टिपाएकी थिइन् । उनले गुनासोे टिपाएको ६ महिना भइसकेको छ । 

प्रदेश नं. ४ स्थित कावासोती नगरपालिका वडा नंं ३ का राजेन्द्र गुरुंगले नगरपालिकाको भ्रष्टचारसम्बन्धी गुनासो टिपाएकोे ठ्याक्कै ४ महिना भएको छ । यी र यस्ता गुनासाहरु त्यहाँ दर्ता हुने, एउटा कोड दिने त्यसपछि पेन्डिङमा राखिदिने गरिन्छ । यसैले होला हेलो सरकारमा ‘गुनासा घट्न गएको’ सम्बन्धित कर्मचारीको भनाइ छ । 

प्रकाशित मिति: : 2020-06-18 08:20:51

प्रतिकृया दिनुहोस्