प्रकाशक भन्छन्- पढ्ने वातावरण झनै साँघुरियो

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

लकडाउनले तीन महिनादेखि घर बसिरहेकी मरियम रइसलाई अहिले पाठ्यक्रमभन्दा बाहिरका किताब पढ्न समय जुरेको छ। मानविकीमा स्नातक गरिरहेकी उनी साहित्यका किताब पढ्न रूचाउँछिन्।

उनले यसबीच लकडाउनअघि नै किनेर राखेका कतिपय किताब पढिसकिन्। थप नयाँ पढ्न रूचि हुँदाहुँदै किन्न नपाइने र विद्युतीय संस्करण (इ-बुक) पनि सजिलै उपलब्ध नभएकाले अप्ठ्यारो परेको उनी बताउँछिन्।

‘इन्टरनेटमा केही किताब किन्न सकिने रहेछ, तर मैले खोजेका सबै पाएकी छैन,’ मरियम भन्छिन्, ‘घरैमा किताब डेलिभरी गर्ने केही अनलाइनले धेरै सहयोग गर्यो। तर, त्यहाँ पनि नयाँ प्रकाशित किताब पढ्न पाएकी छैन।'

मरियमको यो भनाइ पुस्तकप्रेमीहरूको साझा समस्या हो।

प्रकाशित मिति: : 2020-06-17 08:18:08

प्रतिकृया दिनुहोस्