डाँका मुद्दामा निलम्बित डिएसपी ढुंगेल साधारण तारेखमा रिहा, निलम्बन फुकुवा हुने

 डाँका मुद्दामा करिब एक वर्षअघि कल कनेक्सनका आधारमा निलम्बित भएका डिएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ।

एक वर्षदेखि फरार रहेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा इन्चार्ज रहेका तत्कालीन डिएसपी ढुंगेल मंगलबार थुनछेकको बहसमा सहभागी हुन काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।

अदालतले उनलाई साधारण तारेखमा रिहा गरेको छ।

साधारण तारेखमा रिहा भएसँगै उनको निलम्बन फुकुवा हुने भएको छ।

प्रकाशित मिति: : 2020-06-16 21:33:02

प्रतिकृया दिनुहोस्