सीमा विवादमा लुगा सिलाइसकेपछि नाप लिने काम नगरौँ

नेपालको सार्वभौमिकता र अखण्डतालाई लिएर सरकार, राजनीतिक दलहरु र जनप्रतिनिधिहरुको एकै स्वर हुनु सबै नेपालीको लागि खुशीको कुरा हो। कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा अंकित निशानछापको संशोधन प्रतिनिधिसभाका कुल २७५ सदस्यहरुमध्ये उपस्थित २५८ (सभामुखबाहेक) जना सबैले ‘हुन्छ’ भन्नेमा मत दिएर पारित गर्नु ऐतिहासिक घटना हो।

अपवादस्वरुप समाजवादी पार्टीका सांसद सरिता गिरी आफ्नै पार्टीको निर्देशन समेतलाई नमानी विरोधमा उभिनु भयो। त्यो उहाँको वैचारिक स्वतन्त्रता हो। तथापि उहाँले चाहनु भएको भए ’हुन्न’ भन्नेमा एक्लैले भए पनि मतदान गर्न बस्न सक्नुहुन्थ्यो। त्यसमा उहाँलाई रोक्ने कोही हुने थिएन। ‘हुन्न’ भन्ने कागज टाँसेर कोही आउँछन् कि भनेर ३∕४ वटा टेबलमा कर्मचारीहरु कुरिरहेका थिए। त्यसो नगरी छलफल प्रक्रिया शुरु भएर उहाँको प्रस्ताव सभामुखले अस्वीकृत गर्नुभएको केहीबेरपछि नै उहाँ बाहिरिनुभयो। त्यो भनेको उहाँको सांकेतिक समर्थन हो। यसलाई मैले यतिमै टुङ्ग्याँए।

 

प्रकाशित मिति: : 2020-06-16 18:20:13

प्रतिकृया दिनुहोस्