खुकुलो लकडाउनसँगै यसरी हट्न सक्छ तनाव

थाहा खबर

काठमाडौँ

डा. नम्रता पाण्डे
चीनको वुहानबाट करिब पाँच महिना अघि शुरू भएर विश्वलाई नै आतंकित पार्न पुगेको कोरोना भाइरसको कारण नेपाल पनि ८० दिनको लकडाउनपछि अब जीवन सहज हुने तिर गएको छ।

यस सिलसिलामा सरकारले आवश्यक व्यवस्थापन, कोरोनाका बिरामीहरुलाई उपचार गर्नको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिईको उपलब्धता,  विविध स्वास्थ्य उपकरण, क्वारेन्टिनको उचित व्यवस्था कसरी गरिरहेको छ भन्ने प्रश्न पनि उठेको छ। साथै  दैनिक ज्यालादारी गरेर खाने मजदुरको लागि खानपानको व्यवस्था, सडक बालबालिका लगायतका नागरिकलाई भोकबाट मुक्ति दिन सरकारले सक्यो सकेन भन्ने पनि आफ्नै ठाउँमा छ। 
 

सरकारले कोरोना व्यवस्थापनका क्रममा १० अर्ब रकम सकिएको जानकारी दिएको छ। सरकारले खर्च गर्यो तर नागरिक समाजले विश्वास गर्न सकेनन्। त्यसैले आज युवाहरू सडकमा उत्रेर सरकारसंग हिसाब मागिरहेका छन्।  आवश्यक पिसिआर परिक्षण समेत नगरी त्यत्रो रकम कहाँ खर्च भयो भन्ने जिज्ञासा धेरैमा छ। 
 

प्रकाशित मिति: : 2020-06-15 08:11:48

प्रतिकृया दिनुहोस्