'मिसन वाइल्ड वेस्ट' का अनुप भन्छन्- अर्कोपटक नेपाल आउँदा ऋण तिर्न पश्चिम जानुछ

सेतोपाटी

काठमाडौं

पाँच जना केटा खाली राजमार्गमा गाउँदै, रमाउँदै हिँडेको भिडिओ केही साताअघि सामाजिक सञ्जालमा भाइरल भयो।

कुनै लामो यात्रामा लम्केजस्ता देखिने उनीहरू 'वी आर अन द हाइवे' बोलको गीत गाउँदै थिए। कसैको काँधमा झोलाको भारी थियो, कसैका हातमा लौरो, गितार, क्यामरा र माइक।

युट्युब च्यानलमा राखिएको उक्त भिडिओ अनुप गुरूङले बनाएका हुन्। 

अनुप र्‍याफ्टिङ तथा कायाकिङ गाइड हुन्। लकडाउनले मान्छेहरू थुनिएका बेला उनी गाउँघर र नदीखोला घुम्न व्यस्त छन्। र, भिडिओ बनाउँदै छन्।

उनले कोरोना फैलिनुअघि नै 'मिसन वाइल्ड वेस्ट' को योजना बनाएका थिए। सामाजिक सञ्जालमा देखिएको भिडिओ त्यही यात्रामा खिचिएको हो। लकडाउन नभइदिएको भए यसरी खुला बाटोमा रमाउँदै हिँड्ने अवसर नपाउने अनुप बताउँछन्।

प्रकाशित मिति: : 2020-06-15 06:35:29

प्रतिकृया दिनुहोस्