‘कोरोना वर्षमा एसईई पास गरेको भनेर जिन्दगीभरी बदनाम नहोस्’

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित एसईई परीक्षा नलिएर आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण चैत ५ गते स्थगित गरिएको थियो । जसकारण देशभरका चार लाख ८२ हजार २१९ विद्यार्थीले एसईई दिनबाट वञ्चित भए । अब उनीहरु आन्तरिक मूल्याङ्कनबाट एसईईको नतिजा प्राप्त गर्ने भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि लिइएको टेस्ट परीक्षाको मूल्याङ्कन एउटा महत्त्वपूर्ण आधार हुन सक्छ ।

प्रकाशित मिति: : 2020-06-13 20:05:20

प्रतिकृया दिनुहोस्