सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका ५ विदेशी नागरिक पक्राउ परेका छन्।
सरकारको विरोधमा शनिबार माइतिघर मण्डलामा विरोधमा उत्रिएका ५ जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारविरोधी नारा जुलुस गरिरहेको अवस्थामा प्रहरीले अमेरिका, चीन, अष्ट्रेलिया, क्यानडा र नर्वेका एक-एक जना नागरिक पक्राउ परेका हुन्।
पक्राउ परेकालाई अहिले नगर प्रहरीमा राखिएको र अभद्र व्यवहार तथा लकडाउन उल्लंघनको मुद्दा चलाउने तयारी भइरहेको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बिएल नेपाली सेवालाई जानकारी दिए।
ज्ञवालीका अनुसार विदेशी नागरिक यसरी सरकारको विरोधमा उत्रिनुलाई सामान्य घटना होइन। यसको अनुसन्धान सुरू गरिसकिएको उनले जानकारी दिए।
नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ।