ढाड किन दुख्छ? कसरी कम गर्ने?

सेतोपाटी

काठमाडौँ

रामदेवी महर्जन

लकडाउनमा सबैलाई घरमा बसेर बोर लागेको होला। धेरै सुत्दा, टिभी हेर्दा, मोबाइल र ल्यापटप चलाउँदा ढाड र कम्मर दुख्ने समस्याले सताएको होला! अहिलेको अवस्थामा ढाड र कम्मर दुखाइबाट कसरी बच्ने, दुखेपछि के गर्ने भन्ने सामान्य ज्ञान भयो भने सजिलै बच्न सकिन्छ।

उहिल्यै बुढापाका भन्ने गर्थे– ढाड, कम्मर दुखाइ त बुढेसकालमा मात्र हुने हो, युवा अवस्थामा हुँदैन। सामान्यतः ढाड दुखाइलाई उमेर बढ्दै गएपछि हड्डी कमजोर भई हुने समस्याका रुपमा लिइन्छ। तर अचेल यो समस्या बालकदेखि वृद्धसम्म सबैलाई भएको छ। अहिले सायद ढाड तथा कम्मर दुखाइबाट कोही पनि अलग छैन।

के बढ्दो उमेरसँगै र बुढेसकालमा गएर ढाड तथा कम्मर दुखाइ हुनै पर्ने हो त?

मेरुदण्ड हाम्रो शरीरको खम्बा हो जसलाई हामी कम्मर, ढाड अर्थात् पिठ्यूँ पनि भन्छौं। जसरी घर ठाडो र बलियो पार्न पिलर बलियो हुनुपर्छ त्यसैगरी हाम्रो शरीरलाई सिधा रहन, दायाँबायाँ फर्कन, निहुरिन मेरुदण्ड लचिलो र बलियो हुनुपर्छ। वास्तवमा मेरुदण्डको लचकताले नै हाम्रो शरीरको स्वस्थता झल्काउँछ। जति मेरुदण्ड लचिलो हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ।

प्रकाशित मिति: : 2020-06-13 08:18:46

प्रतिकृया दिनुहोस्