'ए राता मकै..आजभोलि त हनुमानको अर्कै अर्थ लाग्छ'

सेतोपाटी

काठमाडौँ

समिक्षा अधिकारी

यति बेला पशुपतिनाथ मन्दिर परिसरका बाँदरलाई न्यास्रो लागेको होला। मन्दिर आउने मान्छे जिस्क्याउने र उनीहरूका खानादेखि सामानसम्म खोस्ने बानी परेका थिए! बाँदरको यो चकचकले धेरैलाई आजित बनाउँथ्यो। हाँस्य कलाकार किरण केसी भने बेग्लै अनुभूति गर्थे। 

लकडाउनअघि उनी प्रायःजसो पशुपति जान्थे। पूजाअर्चना गर्थे। ती चञ्चले बाँदरका चर्तिकला नियाल्थे। मान्छेले दुःख पाए पनि उनलाई सबभन्दा रमाइलो बाँदरले खानेकुरा खोसेको लाग्थ्यो। बाँदरले भक्तजनका झोला, थाली जे भेटिन्छ, त्यही उडाउँदा उनी चाख मानीमानी हेर्थे।

लकडाउनले बाँदरको यो छुकछुकमा बन्देज लगाएको छ। यसको चिन्ता भने किरणलाई पर्‍यो।

प्रकाशित मिति: : 2020-06-12 07:33:02

प्रतिकृया दिनुहोस्