कोरोनाको महामारीले दिएको सकारात्मक सन्देश

थाहा खबर

काठमाडौँ

सरिता अर्याल
केही महिना अगाडिसम्म पनि हामी पिरोलिन्थ्यौँ दैनिक दुई हजारभन्दा बढी युवाहरू बिदेशतिर लागेको देखेर। धानका बाला झुल्ने खेत होस् या करेसाबारी सबै बाँझो भयो।वृद्ध बाबुआमालाई मर्ने बेलामा एक घुड्की पानी खुवाउन पनि सन्तान नआइपुगेको देख्दा आँसु झारेर बस्न विवश थियौँ हामी।

केही महिनाकै अन्तरालमा आज तिनै नेपाल आमाका सन्तान देश फर्कन्छौँ भनेर अलौना बिलौना गर्दा हामी नै तर्सिए झैं भएका छौं। ठूलो संख्यामा बेरोजगार भएर भित्रिने युवालाई के रोजगारी दिने भन्दैछौं। रेमिन्ट्यान्सले धानेको मुलुकको अर्थतन्त्र कतिसम्म चौपट हुने होला? काम नपाएपछि खाली दिमाग भूतको घर भने जस्तै गाउँघरमै लुटपाट, गुण्डागर्दि त बढ्ने होइन? भनेर मनको एक कुनामा यो आशंका उब्जिएको छ।
 

प्रकाशित मिति: : 2020-06-11 18:32:11

प्रतिकृया दिनुहोस्