कृषिमन्त्रीका रोमाञ्चक परिकल्पना

सेतोपाटी

काठमाडौँ

मुराहरि पराजुली

गत साता सांसद प्रदीप गिरिले मधेसमा प्रचलित कथन भन्दै कृषिको महत्व बारे एक लाइन बताएका थिए- कृषि उत्तम पेसा हो। यो लाइन हामीले पहाडमा पनि धेरै पटक सुन्दै आएका हौं।

त्यो कथन सबैतिर प्रचलित छ। इतिहासमा थियो वर्तमानमा पनि छ। वेदवेदांगमा थियो, ग्रिक–रोमन दार्शनिकहरू पनि त्यसै भन्थे। अर्थात् पूर्वमा त्यो भनाइ प्रचलित थियो, पश्चिममा पनि।

अठारौं शताब्दी मध्यतिर, फ्रान्समा कृषिलाई महत्व दिनुपर्छ भन्ने अभियान उत्कर्षमा थियो। भूमि सबै किसिमका सम्पत्तिको मूल स्रोत हो र सरकारका नीतिले प्राकृतिको नियममा हस्तक्षेप गर्नुहुँदैन भनिन्थ्यो। यस्तो विचार राख्नेहरूको समूहलाई फिजियोक्र्याट्स भनिन्थ्यो। यहाँ 'फिजियो' को अर्थ प्रकृति र 'क्र्यासी' को अर्थ शासन भन्ने हुन्छ।

राजा लुई पन्ध्रौंका चिकित्सक फ्राँस्वा काइनेले यो विचारधारा जबर्जस्त ढंगले अगाडि ल्याए। भर्साइ दरबारमा लामो समय बिताएका भए पनि उनी आफूलाई गाउँको मान्छे ठान्थे। चिकित्सा शास्त्रमा मुटु, रक्तसञ्चार र शरीरको जस्तो सम्बन्ध हुन्छ त्यस्तै सम्बन्ध कृषि र अर्थतन्त्रको हुन्छ भन्थे।

प्रकाशित मिति: : 2020-06-10 18:36:22

प्रतिकृया दिनुहोस्