कर्णालीमा खसेको टिपरमा २ को शव फेला, ६ जना अझै बेपत्ता

बुधबार बिहान कर्णालीमा खसेको पिटपरबाट २ जनाको शव फेला परेको छ। 

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्त पन्तका अनुसार २ जनाको शव फेला परेको हो।

कर्णालीमा बेपत्ता भएका मध्ये २७ जना सम्पर्कमा आएको पनि उनले जानकारी दिए। उनका अनुसार कर्णालीमा अझै ६ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ।

आज बिहान कालीकोटमा भारतबाट आएका करिब ३९ यात्रुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट नदीमा खसेको हो।  

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको सीडीओ गैरेले बताए। 

याे पनि

३९ जना यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णाली नदीमा खस्यो

प्रकाशित मिति: : 2020-06-10 13:02:03

प्रतिकृया दिनुहोस्