के फौज्दारी न्यायप्रणालीले दलितलाई न्याय दिनसक्छ ?

रातोपाटी

काठमाडौँ

शंकर लिम्बु

तथ्य नं १. जातव्यवस्था र छुवाछूत जोडिएको सामूहिक सांघातिक हमलाबाट गरिएको ६ जनाको जघन्य हत्याको विषय मिडियामा आएको जस्तो नभई फरक खालको देखिएको भन्ने अभिव्यक्ति महान्याधिवक्ता अग्नी खरेलले संसदको कानून न्याय तथा मानव अधिकार समितिमा दिएका थिए ।

तथ्य नं २ः विभिन्न सञ्चार अनुसार घटना भएको समयमा प्रहरीहरु सिटी फुक्दै त्यहीँ उपस्थित थिए । एक संस्थाले गरेको अध्ययनमा प्रहरी आएर केहीलाई जोगाएको उल्लेख छ । यसबाट प्रहरी उपस्थित रहेकै बखत घटना भयो भन्ने देखिन्छ । तथ्य नं ३ः पूर्व गृहमन्त्री तथा हालका सांसद जनार्दन शर्माले भेरी नदीमा हाम्फालेर मृत्यु भएको हो, हत्या भएको होइन, भवितव्य हो भन्ने आशयले बोल्दै दलित सांसदहरुलाई संसदमा दप्काएको दृष्य सार्वजनिक भएको छ । सोही घटनाको सन्दर्भमा गृहमन्त्री रामबहादुर थापाले ‘अमेरिकामा पनि विभेद छ’ भनेका छन् ।

प्रकाशित मिति: : 2020-06-09 08:26:36

प्रतिकृया दिनुहोस्