नेपाल एयरलाइन्सकाे वाइड बडी जहाजले तेस्रो पटक अष्ट्रेलियाको लागि चार्टर उडान गरेको छ।
निगमको वाइड बडी ए३३० जहाज २९६ जना लिएर अष्ट्रेलियाको राजधानी क्यानबेरातर्फ उडेको हो।
नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकलाई दूतावासले जहाज चार्टर गरेर लगेको हो
यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर उडान गरेको थियो।
त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर उडान गरेको थियो।