पश्‍चिम नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, १० जना घाइते

बिएल संवाददाता

पश्‍चिम नवलपरासी

पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। 

प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट भन्सार छलेर सामान ल्याएपछि रोक्नेक्रममा सुरक्षाकर्मीको अस्थायी बिट भत्काएपछि झडप भएको हो। 

सशस्त्र प्रहरीका एसपी भरत खनियाँका अनुसार झडपमा सशस्त्र प्रहरी ६ र ४ स्थानीय घाइते भएका छन्। 

‘अवैधरुपमा सामान नेपालतर्फ पुर्‍याउन खोज्ने समूहलाई रोक्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएको हो,’उनले भने,‘यसक्रममा भिड नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायरसमेत गरिएको छ।’

घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-06-07 20:25:12

प्रतिकृया दिनुहोस्