ठीक हो घनश्यामजी, काम गर्न सजिलो छैन!

सेतोपाटी

काठमाडौँ

शंकरप्रसाद अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभएको थियो- सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन।'

उहाँको अभिव्यक्तिमा आएका केही प्रतिक्रिया यस्ता छन्- 'यिनी पनि उही ड्याङको मूला रहेछन्, नसक्ने हो भने राजीनामा दिने, अर्को आएर गरिहाल्छ, मन्त्रीले चाहेमा  र दृढता र कडाइसाथ काम गरेमा देखिने गरी काम गर्न सकिन्छ, 'काम गर्न नसक्ने लाचार र चुप मन्त्रीभन्दा आफ्नो दलको सरकारको कडा बौद्धिक आलोचक घनश्याम भुसाल नै ठीक' आदि।

मन्त्रीको अभिव्यक्ति कतिलाई दु:खद लाग्यो होला, कतिलाई खुसी।

खुसी लाग्नेमा म पनि एक हुँ। काम गर्न नसकेकोमा खुच्चिङ गर्ने नियतबाट प्रकट खुसी होइन, उहाँले यथार्थता ओकलेको खुसी। बाहिर बसेर आलोचना गर्नु र आफैं काम गर्न सजिलो नहुने ज्ञान पाएकामा खुसी। घनश्याम भुसालजस्ता प्रखर बौद्धिक, मार्क्सवादी दर्शनका व्याख्याता, साविकमा सरकारका प्रखर आलोचक, पेशागत रूपमा इमानदार, आफ्नो उद्देश्यमा स्पष्ट तथा क्षमतावान मानिएका व्यक्तिलाई सत्यको ज्ञान हुनु समग्र सुधारको प्रस्थान विन्दु हो। 

प्रकाशित मिति: : 2020-06-05 18:22:26

प्रतिकृया दिनुहोस्