बिएल संवाददाता
ट्वीटरमा ‘रेसिस्ट’ अर्थात ‘रंगभेदी’ भनेर खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्याण्ड सुझाइने एकाउन्टको पहिलो नम्बरमा आएको छ।
समाचार संस्था एएफपीका अनुसार बुधबार ट्वीटरमा रेसिस्ट टाइप गरेर सर्च गर्दा ‘सजेस्टेड एकाउन्ट’ मा ट्रम्पको नाम पहिलो नम्बरमा आएको हो।
जर्ज फ्लोइडको मृत्यु प्रकरणलाई लिएर अमेरिकामा भइरहेको प्रदर्शनलाई लिएर ट्रम्पले गरेको टिप्पणीपछि उनी आलोचनाको केन्द्रमा आएका छन्। धेरैले उनलाई रंगभेदी भनेका छन्। ट्रम्प आफैले भने सो आरोप अस्वीकार गर्दै आएका छन्।
यस सम्बन्धी खबर पहिलोपटक बेलायती सञ्चारमाध्धयम द इन्डिपेन्डेन्टले प्रकाशित गरेको थियो। आफूहरुले तथ्य हेर्दा पनि रेसिस्ट टाइप गरेर खोज्दा ट्रम्पको नाम पहिलो नम्बरमा आएको एएफपीले उल्लेख गरेको छ।
ट्वीटरमा ८० मिलियन भन्दा बढी फलोअर्स ट्रम्पका छन्, तर त्यसमध्ये कति सक्रिय छन् भन्ने चाहिँ विवादकै विषय रहेको छ। उनका घेरै फलोअर्स फेक हुन सक्ने जनाइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया