कोरोना जितेका उपेन्द्रको तीतो अनुभव : बन्चराले हानेर मारी दिन्थ्यौं भन्थे रे...

पहिलोपोष्ट

काठमाडौँ

प्रकाश भण्डारी

भोजपुर हतुवागढीका उपेन्द्र राई दुई वर्षअघि साउदी अरब हान्निए। घर चलाउने अर्को मेलोमेसो नभएपछि अरब जानुको विकल्प थिएन। आल्मुनियम कम्पनीमा हेल्परको काम भएकाले काम गर्न त्यति गाह्रो भएन।

पैसा ठीकै। उपेन्द्र सन्तुष्ट नै थिए। दुइ वर्षको अवधि गत फागुनमा सकियो। साउदीमा पनि त्यो बेलासम्म कोरोना संक्रमणको त्रास फैलिसकेको थियो। कतिपय नेपाली धमाधम घर फर्कन थालेका थिए।

उपेन्द्रका लागि भिसा सकिएर घर फर्किनु र कोरोना संक्रमणको त्रास फैलिनु संयोग बन्यो।

हिमालयन एअरलाइन्सको ९५६० नम्बर फ्लाइटबाट चैत १ गते काठमाडौं ओर्लिए उनी। त्यतिन्जेल नेपालमा एक जनामात्रै कोरोना संक्रमित थिए। विदेशबाट आएकालाई क्वारेण्टाइन अनिवार्य थिएन। उनी बस चढेर सीधै सुनसरी लागे। सुनसरीको चतारमा बस्थे श्रीमती र छोरी। हप्तादिन उनले चतारामै बिताए। श्रीमती कपडा सिलाउथिन्, ४ वर्षकी छोरी चताराकै एक स्कुलमा पढ्थिन्।

प्रकाशित मिति: : 2020-05-30 08:14:47

प्रतिकृया दिनुहोस्