सलह किराको आतंक: महाराष्ट्रमा आक्रमणसँगै नेपालमा खतराको घण्टी

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

कोरोनाको कहरबीच सोमबारदेखि भारतमा नयाँ आतंक मच्चिएको छ । त्यो आतंकको कारण अरु केही नभएर किराहरुको प्रवेश हो । भारतमा विनाशकारी किरा सलह पसेको छ । यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रमा समेत सलहको प्रकोप देखिएको छ ।

गत सोमबारबाट आक्रमण सुरु गरेको सलहले अहिले महाराष्ट्रलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् । सलहका कारण अहिले सो क्षेत्रका कृषकहरु आक्रान्त बनिरहेको र उक्त किराको नियन्त्रणका लागि राज्य सरकार नै लागि परेको मुम्बईस्थित चर्चित अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । सलह नियन्त्रणका लागि विषादी छर्कन दमकलको समेत प्रयोग गरिएको समाचारमा उल्लेख छ ।

करिब १७ वर्षपछि फेरि एकपटक भारतमा सलहको आक्रमण देखिएको हो । राज्यको कृषि विभागका अनुसार सन् १९९३ मा यसै गरी सलहले भारतको महाराष्ट्रमा आक्रमण गरेको थियो ।

प्रकाशित मिति: : 2020-05-27 19:48:57

प्रतिकृया दिनुहोस्